काठमाडौँ ।
आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि दफावार छलफल हुनेछ । त्यस्ते बिहान ९ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिमा दफावार छलफलका लागि प्राप्त मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ विधेयकमा दफावार छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा चलचित्र विधेयक, २०८१ माथि संशोधनकर्ता सदस्यसँग छलफल हुनेछ । त्यस्तै बिहान साढे ९ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजना उपर छलफल सम्बन्धमा, नेपाल विद्युत प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तार सम्बन्धमा समितिमा प्राप्त उजुरीउपर छलफल सम्बन्धमा छलफल हुनेछ ।




