अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले

काठमाडौं ।

गत बिहीवारदेखि लगातार परिरहेको अविरल वर्षा रोकिएसँगै काठमाडौं उपत्यकाको मौसममा आज सुधार आएको छ । झरीका कारण केही दिनदेखि प्रभावित बनेको जनजीवन र धुम्मिएको उपत्यकाको आकाश खुलेसँगै यहाँबाट देखिने हिमश्रृंखलाहरू पुनः स्पष्ट र मनमोहक देखिएका छन् । काठमाडौं उपत्यकामा विगत केही दिनयता परेको वर्षाका कारण जनजीवन कष्टकर बनेको थियो । अविरल वर्षाले चिसो बढाउनुका साथै आवतजावतमा समेत समस्या खडा गरेको थियो । यद्यपि आज दिउँसोबाट बादल फाट्न थालेपछि र घाम लाग्न थालेपछि मौसममा उल्लेख्य सुधार देखिएको छ । मौसमविद्हरूकाअनुसार वायुमण्डलीय चापमा आएको परिवर्तनसँगै वर्षा गराउने प्रणाली कमजोर बनेकाले मौसम खुल्न पुगेको हो । मौसम सफा भएसँगै उपत्यकाको वरिपरि रहेका अग्ला डाँडाकाँडा र तिनका पछाडिबाट उदाएका लस्करै हिमश्रृंखलाहरूले काठमाडौंको सौन्दर्यलाई पुनः फर्काएका छन् ।

लामो समयदेखि बादलले छोपिएका हिमालहरू प्रष्ट देखिन थालेपछि उपत्यकावासीले खुशी व्यक्त गरिरहेका छन् । वर्षा रोकिएसँगै सवारी आवागमन र सार्वजनिक गतिविधिहरू पनि सामान्य लयमा फर्किएका छन् । केही दिनदेखिको चिसो र हिलोबाट हैरान बनेका स्थानीयहरू घामको न्यानोपनसँगै हिमालको दृश्यमा रमाएका छन् । जल तथा मौसम विज्ञान विभागले आगामी दिनमा मौसम थप अनुकूल हुने संकेत गरेको छ, जसले गर्दा जनजीवन सहज हुने अपेक्षा गरिएको छ । यद्यपि पश्चिमी क्षेत्रमा पनि अझै वर्षा भइरहेको छ । सोमवारसम्म शतर्कता अपनाउन आग्रह गरेको छ ।

Leave a Reply