तीन संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं ।  आज राष्ट्रिय सभाअन्तर्गतका तीन वटा संसदीय समितिको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला त्था सुशासन समितिको बैठकमा समितिको आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदनको मस्यौदामा छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि दफावार छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा विपद् व्यवस्थापनका सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply