काठमाडौं । आज राष्ट्रिय सभाअन्तर्गतका तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे बस्ने विकास, आर्धिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आ.व.२०८३/०८४ को बार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्नै विधायन व्यवस्थापन समितिको बैठकमा अभिमुखीकरण कार्यक्रम सम्बन्धमा छलफल हुनेछ । त्यस्तै दिउँसो साढे २ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षा सम्बन्धमा छलफल हुनेछ ।




