दक्षिण–पश्चिम चीनको मकैबारीमा सात जंगली हात्तीको गहिरो निन्द्राः सुरक्षाको अनुभूतिले पहरेदारबिनै सुते | ईमाउण्टेन समाचार

Our Network

साउन ३१ २०८३, सोमबार

दक्षिण–पश्चिम चीनको मकैबारीमा सात जंगली हात्तीको गहिरो निन्द्राः सुरक्षाको अनुभूतिले पहरेदारबिनै सुते

दक्षिण–पश्चिम चीनको एक मकैबारीमा सातवटा जंगली एशियाली हात्तीहरू गहिरो निन्द्रामा सुतेको दुर्लभ दृश्य देखिएको छ । स्थानीय वन्यजन्तु अनुगमनकर्ताहरूकाअनुसार सामान्यतया हात्तीको बथान सुत्दा सुरक्षाका लागि केही सदस्यहरूलाई पहरेदारको रूपमा खटाउने गरिन्छ । तर यस पटक भने बथानका सबै सातै वटा हात्तीहरू सँगै निदाएका थिए । विज्ञहरूकाअनुसार हात्तीहरू यसरी सामूहिक रूपमा गहिरो निद्रामा पर्नुले उनीहरूले उक्त वातावरणमा आफूलाई पूर्ण रूपमा सुरक्षित महशुस गरेको सङ्केत गर्दछ । कुनैपनि हात्ती पहरेदारको रूपमा नबस्नुलाई वन्यजन्तुको व्यवहारमा एक दुर्लभ घटनाको रूपमा लिइएको छ ।

Leave a Reply