सुनसरी लगायतका जिल्लामा उत्पन्न धार्मिक तनाव तत्काल समाधान गर्न सांसद ढुंगानाको माग | ईमाउण्टेन समाचार

Our Network

साउन १६ २०८३, आइतबार

सुनसरी लगायतका जिल्लामा उत्पन्न धार्मिक तनाव तत्काल समाधान गर्न सांसद ढुंगानाको माग

काठमाडौँ ।    नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले सुनसरीलगायत मधेशी जिल्लामा उत्पन्न धार्मिक तनाव कम गर्न तत्काल समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद ढुंगानाले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले सुनसरीको नेपालगञ्जमा गोली चलाउनुपर्ने अवस्था किन आयो ? भन्दै सरकारलाई प्रश्न समेत गर्नुभयो । उहाँले गृहमन्त्री सुधन गुरुङले सुनसरीमा सातबुँदे सहमति गरेको जानकारी पाए पनि उक्त सहमति के उद्देश्यका लागि भएको भन्नेबारे सदनलाई जानकारी दिनुपर्ने समेत बताउनु भयो । उहाँले ढुंगानाले नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुक भएकाले जातीय तथा धार्मिक सद्भाव खल्बलिने घटनाप्रति सरकार गम्भीर बन्नुपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्रीले स्वयं अग्रसरता लिएर उत्पन्न तनाव कम गर्नुपर्नेमा वक्तव्य जारी गरेर पन्छिन खोजेको आरोप पनि लगाउनु भयो ।उहाँले कप्तानगञ्जका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्युको कारणबारे सदनलाई जवाफ दिनुपर्ने उहाँको माग छ

Leave a Reply