चीनको गान्सु प्रान्तमा बाढीका कारण १० जनाको मृत्यु, २३ घाइते | ईमाउण्टेन समाचार

Our Network

साउन १० २०८३, सोमबार

चीनको गान्सु प्रान्तमा बाढीका कारण १० जनाको मृत्यु, २३ घाइते

चीनको उत्तर–पश्चिमी प्रान्त गान्सुमा आईतवार दिउँसो आएको आकस्मिक बाढीमा परी १० जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूकाअनुसार भारी वर्षासँगै आएको बाढीले पर्यटकीय क्षेत्रमा क्षति पु¥याउँदा उक्त हताहती भएको हो । डिङक्सी सहरको वेइयुआन काउन्टीस्थित एक पर्यटकीय क्षेत्रमा पर्यटकहरू क्याम्पिङ गरिरहेका बेला अचानक बाढी आएपछि उनीहरू त्यहाँ फसेका थिए । स्थानीय समयअनुसार आईतवार साँझ ६ बजेसम्म प्राप्त विवरणअनुसार १० जनाको मृत्यु भएको र घाइतेहरूको उपचार भइरहेको छ । घटनास्थलमा स्थानीय सुरक्षा निकाय र दमकल तथा उद्धार विभागले उद्धार टोलीहरू परिचालन गरेका छन् । हाल सो क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Leave a Reply