जनकपुरधाम, ७ फागुन । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सुशासन कायम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । प्रजातन्त्र दिवसको अवसरमा जनकपुरमा भएको कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश नम्बर २ मा सुशान कायम गर्न कसैसँग सम्झौता नगर्ने बताएका छन् ।
समाजिक संरचनामा रहेका विभेदहरुलाई समाधान गर्ने दाबी गर्दै उनले महिला हिंसा अन्त्य गर्नु आफ्नो दायित्व रहेको बताए । तराईका जिल्लामा महिला हिंसाका घटना बढेको भन्दै मुख्यमन्त्री राउतले दोषिलाई कारबाही गर्ने बताए ।




