प्रतिनिधि सभा बैठक जेठ २५ गतेसम्मको लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८३, बुधवार

प्रतिनिधि सभा बैठक जेठ २५ गतेसम्मको लागि स्थगित

काठमाडौं ।

प्रतिनिधि सभा बैठक यही जेठ २५ गतेसम्मको लागि स्थगित भएको छ । विपक्षी दलले अवरोध कायमै राखेपछि सभामुख डोलप्रसाद अर्यालले जेठ २५ गते बिहान ११ बजे बस्नेगरी स्थगित गर्नुभयो । बैठक शुरु हुनेबितिकै विपक्षी दलका सांसदहरुले विरोध जनाएका थिए । सभामुख अर्यालले कानून निर्माण गर्ने महत्वपूर्ण थलो रहेकाले सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

तर विपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र साहले नेपाल र भारतको सीमासम्बन्धी अभिव्यक्ति फिर्ता नलिएसम्म संसद अघि बढ्न नदिने बताए । प्रधानमन्त्री शाहले भारतले मात्र नभई नेपालले समेत भारतको सीमा मिचेको भनि दिएको अभिव्यक्तिको विरोधमा विपक्षी दलहरुले संसदका दुवै सदनमा अवरोध गर्दै आएका छन् ।

Leave a Reply