प्रधानमन्त्री सदनप्रति उत्तरदायी हुनुहुन्छ, आवश्यक परे पुनः जवाफ दिनुहुनेछः सरकारका प्रवक्ता | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

प्रधानमन्त्री सदनप्रति उत्तरदायी हुनुहुन्छ, आवश्यक परे पुनः जवाफ दिनुहुनेछः सरकारका प्रवक्ता

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र साह सरकारप्रति उत्तरदायी रहनुभएको स्पष्ट पार्नुभएको छ ।
मंगलवार बसेको मन्त्रीपरिषद् बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आईतवारमात्रै सदनमा सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिनुभएको र आवश्यकता परे पुनः सदनमा उपस्थित भएर जवाफ दिने प्रतिवद्धता जनाउनु भयो । सीमा विवादको विषय दुई देशबीचको संवाद र टेबल टकमार्फत समाधान गर्नुपर्ने विषय भएको उहाँको भनाइ छ ।

उहाँले नेपाल र भारत दुवै पक्षले यस विषयलाई आपसी संवादबाट समाधान गर्ने प्रतिवद्धता व्यक्त गरिसकेको पनि बताउनु भयो । आवश्यक सबै काम कारबाही कुटनीतिक माध्यमबाट परराष्ट्र मन्त्रालयले अगाडि बढाइरहेको बताउनु भयो ।

Leave a Reply