संघीय संसदको संयुक्त बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

संघीय संसदको संयुक्त बैठक बस्दै

काठमाडौँ ।

संघीय संसदअन्तर्गत आजन संयुक्त सदनको बैठक बस्दैछ । अपरान्ह ४ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्नुहुने कार्यसूचि रहेको छ । साढे ५ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री वाग्लेले प्रश्तुत आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्नुहुने, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थिक विधेयक,२०८३ प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ । त्यस्तै पौने ६ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्नुहुनेछ कार्यसूचि रहेको छ ।

Leave a Reply

ताजा समाचार