रामेछापका सामुदायिक विद्यालयको पुनर्निर्माण अलपत्र | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

रामेछापका सामुदायिक विद्यालयको पुनर्निर्माण अलपत्र

नवराज श्रेष्ठ
रामेछाप, ६ फागुन
। भूकम्पले क्षति पुगेका रामेछापका सामुदायिक विद्यालयहरुको पुनर्निर्माणमा ढिलाई हुँदा जोखिम मोलेरै पठनपाठन भइरहेको छ । भूकम्प गएको ३४ महिना पुग्दा पनि पुनर्निर्माणको काम नसकिएपछि विद्यालयहरु जीर्ण भवनमा जोखिम मोलेरै पठनपाठन गराउन बाध्य भएका हुन् ।

२०७२ बैशाख १२ गते गएको भूकम्पले रामेछाप जिल्लाका ४ सय १९ वटा विद्यालयका भवन भत्कायो । तीमध्ये अधिकांश विद्यालयका भवन बनिसकेका छैनन् । पुनर्निमाणको गति सुस्त हुँदा सामुदायिक विद्यालयका विद्यार्थीहरु चारैतिरबाट हावा र चिसो छिर्ने अस्थायी टरहरोमा बसेर पढ्न बाध्य छन् । यही कारण विद्यार्थीको पढाई तथा स्वास्थ्यमा समस्या पर्ने गरेको छ ।

विद्यार्थीहरुलाई यसरी चिसो कोठाभित्र पढाउनुपर्दा शिक्षक तथा विद्यालय व्यवस्थापन पक्ष पनि खिन्न छन् । विद्यालय भवन पुनर्निर्माणमा ढिलाई हुँदा विद्यार्थीहरुको भविष्य नै प्रभावित हुने अवस्था आएको उनीहरु बताउँछन् । क्षति भएका ४ सय १९ विद्यालय भवनमध्ये रामेछापमा एकसय भन्दा बढी विद्यालय भवन पुनर्निर्माणका लागि कुनै प्रक्रियासमेत सुरु भएको छैन ।

रामेछापमा नेपाल सरकारसँगै एसियाली विकास बैंक, युएनडिपी तथा विभिन्न सामाजिक संस्थाहरुले विद्यालय भवन निर्माणको जिम्मा लिएका छन् । भारतीय दुतावासले १० वटा र चिनियाँ दुतावासले एउटा विद्यालय भवन निर्माण गरिदिने प्रतिबद्धता जनाएका छन् । तर, दुबै देशले जिम्मा लिएका विद्यालय भवन पुनर्निर्माणको काम अहिलेसम्म सुरु नै भएको छैन ।
०००

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);