नेपालगञ्जमा अनियमित विद्युत कटौती रोक्न सांसद राईद्वारा सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८३, बिहीबार

नेपालगञ्जमा अनियमित विद्युत कटौती रोक्न सांसद राईद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।

नेकपा एमाले सांसद मोहम्मद इस्तियाक राईले बाँकेको नेपालगञ्जमा व्याप्त विद्युत समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले नेपालकै बढी गर्मी हुने सहरमध्येको एक नेपालगञ्जमा अनियमित विद्युत कटौती र ‘लो भोल्टेज’का कारण सर्वसाधारणको जनजीवन अत्यन्तै कष्टकर बनेको बताउनु भयो । अत्यधिक गर्मीको समयमा विद्युत सेवा भरपर्दो नहुँदा नागरिकको दैनिक जीवनयापन र बसाइ कठिन भएको उल्लेख गर्दै उहाँले यस विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

सभामुखमार्फत सरकारको विशेष ध्यानाकर्षण गराउँदै सांसद राईले बाँके लगायतका गर्मी क्षेत्रमा देखिएको विद्युत्को प्राविधिक समस्या तत्काल समाधान गरी आपूर्ति सहज बनाउन माग गर्नुभएको छ ।उहाँले बढ्दो तापक्रमका बीच विद्युत सेवामा देखिएको अवरोधले स्वास्थ्य र व्यावसायिक क्षेत्रमा समेत असर पुगेको भन्दै यसतर्फ सरकारको तत्काल कदम आवश्यक रहेको बताउनु भयो ।

Leave a Reply