नवराज श्रेष्ठ
रामेछाप, ५ फागुन । । रामेछापको मन्थली नगरपालिका सुनारपानीका हिरालाल आचार्यले कृषिबाट वार्षिक १० लाख भन्दा धेरै आम्दानी गर्न सफल भएका छन् । सरकारले सुख्खा ग्रस्थ क्षेत्र घाषणा गरेको ठाउँमै फलफूल खेतिबाट वार्षिक १० लाख भन्दा धेरै आम्दानी गर्न सफल भएका हुन् ।
व्यवसायीक रुपमा अनार खेति सुरु गरेका हिरालाल आचार्य अनार बाजेको रुपमा रामेछापमा परिचित छन् । अनार बाजे भनेपछि उनलाई नचिन्ने कोही छैनन् । २०५७ सालबाट अनार खेति सुरु गरेका आचार्यले वार्षिक १० लाख आम्दानी गर्न सफल भएका छन् ।
सरकारले सुख्खा ग्रस्थ क्षेत्र घाषणा गरेको ठाउँमा आचार्यले अनार खेति गरेका हुन् । खाने पानीको चरम अभाव भएपछि सुख्खा ग्रस्थ क्षेत्र घाषणा गरेको थियो । तर आर्चयले लुगा धोएको, भाडा माझेको पानी जम्मा पारेर अनार उमारेका हुन् ।
एक रोपनि जग्गामा अनारसँगै वेमौसमी तरकारी खेती, फूल, तथा जडिबुटीको नर्सरी पनि राखेका आचर्यले अनारको विरुवा देश भर पुर्याउने लक्ष्य लिएका छन् ।