काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले केन्द्रीय संगठन विभागको बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । रास्वपाले विभागको गत चैत्र २१ गते र त्यसपश्चात् भएका नियमित छलफलबाट आएको निर्णयहरू सार्वजनिक गरेको हो ।
पार्टी सदस्यता वितरण अनलाइन र अफलाइन दुबै तरिकालाई प्रभावकारी बनाइ तिब्रता दिइने, सदस्यले पार्टी हित विपरीत कार्य गरे कारबाही गरिनेदेखि पार्टीको वडा, जिल्ला अधिवेशन शुरू गरिनेसमेतका निर्णयहरू रहेका छन् ।
प्रदेश तहकाे विषयगत विभाग गठन गरी गतिशील बनाउन प्रदेश संगठन विभाग र जिल्ला संगठन विभाग बैशाख १५ गतेभित्र गठन गर्नेलगायतका निर्णय विभागकाे बैठकले गरेकाे छ ।






