रास्वपाद्वारा विभाग र आयोग समितिहरु गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रास्वपाद्वारा विभाग र आयोग समितिहरु गठन

काठमाडौं, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न आयोग, विभाग र समितिहरु गठन गरेको छ । पार्टीले केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा नारायण प्याकुरेल र केन्द्रीय लेखा आयोगमा अभिषेक घिमिरेलाई जिम्मेवारी दिएको छ ।

यसैगरी, डा.भरतमणि देवकोटाको अध्यक्षतामा केन्द्रीय अनुशासन तथा आचरण समिति बनाएको छ । सो समितिमा रामहरि सुवेदी, रमाकान्त रिमाल र यज्ञमणि न्यौपाने सदस्य रहेका छन् । विष्णुकुमार श्रेष्ठले विवाद समाधान समितिको जिम्मेवारी पाएका छन् भने नीति तथा विचार विभागको प्रमुखमा डा.मुकुन्द ढकाल चयन भएका छन् ।

रास्वपाले आगामी जेठभित्र देशभर संगठन विस्तार गर्ने भएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तीमा जेठ मसान्तसम्ममा पालिका र वडास्तरीय समिति गठन गर्ने उल्लेख छ । माघ मसान्तभित्र प्रदेश समितिका बिस्तारित भेलाहरु हुने र भेलाबाट प्रदेश समिति पुनर्गठन गर्ने तयारी रहेको छ । माघ १४ गते प्रदेश नम्बर १ को विराटनगरमा भेला हुने कार्यक्रम छ ।

माघ १६ गते मधेशको जनकपुर, माघ १८ गते बागमतीको मकवानपुर, माघ २१ गते गण्डकीको पोखरा, माघ २४ गते लुम्बिनीको दाङ, माघ २६ गते सुदूरपश्चिमको धनगढी र माघ २८ गते कर्णालीको सुर्खेतमा प्रदेश भेला हुने केन्द्रीय समितिले निर्णय गरेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);