राष्ट्रपति निर्वाचन समयमै गराउन कांग्रेसको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रपति निर्वाचन समयमै गराउन कांग्रेसको माग

काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रपति निर्वाचन समयमै हुनेगरी आवश्यक कानुनी व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

सोमबार बिहान धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी बैठकले ५ वर्षे कार्यकाल पूरा भएको दिन नयाँ राष्ट्रपति पदबहाली हुने गरी राष्ट्रपति निर्वाचनको तयारी गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो ।

संविधान र ऐनमा राष्ट्रपति निर्वाचनबारे केही विरोधाभाष देखिएकाले त्यसलाई हटाई समयमै राष्ट्रपतिको निर्वाचन हुने गरी आवश्यक तत्परता देखाउन सरकार र निर्वाचन आयोगसँग माग गरिएको पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

बैठकमा पार्टी सभापति देउवाले राष्ट्रपति निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन हुने गरी एकतावद्ध हुन नेताहरुलाई निर्देशन दिनु भएको छ । राष्ट्रपतिमा पार्टीको उम्मेदवारलाई जिताउने गरी एकतावद्ध बनाएर लैजाने निर्णय पनि बैठकले गरेको सहमहामन्त्री पाण्डेले बताउनु भयो । साथै, सञ्चारकर्मीहरुसँग बोेल्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचन सार्ने षडेन्त्र भइरहेको आरोप लगाएका छन् ।

नेपाली काँग्रेसले सत्तारुढ नेकपा माओवादी केन्द्रको साथ लिएर राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउने रणनीति अख्तियार गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);