विश्वमा स्थिरता र निश्चितताका लागि चिनकाे भूमिका महत्वपूर्ण | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

विश्वमा स्थिरता र निश्चितताका लागि चिनकाे भूमिका महत्वपूर्ण

काठमाडाैं । विश्वमा अनिश्चितता र अशान्तिको बीचमा स्थिरता र सहयोगको खोजी बढ्दो छ । विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय मामिलामा चीन ‘निश्चितता’को स्रोतको रूपमा उभिरहेको छ । मार्क बीसन (अस्ट्रेलिया–चीन सम्बन्ध संस्थान, युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीका एडजङ्क्ट प्रोफेसर) ले यदि कुनै महाशक्तिले स्थिरता प्रवर्द्धन गर्न केही गरिरहेको छ भने त्यो अमेरिकाभन्दा चीन बढी सम्भावित रहेको बताउनुभयो ।

चीनको अर्थतन्त्र यति ठूलो छ कि अन्तर्राष्ट्रिय मामिलामा यसको भूमिका ठूलो हुनु अपरिहार्य रहेको उहाँको बुझाइ छ । केही देशहरूले चीनसँग कूटनीतिक सम्बन्ध सुधार्न थालेका छन् । जसले परिवर्तनशील अन्तर्राष्ट्रिय परिदृश्यलाई देखाएको उहाँले बताउनुभयो । युनाइटेड किंगडम जस्ता देशहरूले चीनसँग सम्बन्ध सुधार्न विशेष प्रयास गरिरहेका बताउनुभयो । कूटनीतिमा विश्वास र पूर्वानुमानिताको महत्व जोड दिँदै, डेभिड फर्नान्डेज पुयाना (जेनेभामा युनिभर्सिटी फर पिसका स्थायी पर्यवेक्षक) ले कुटनीतिको एक मुख्य सिद्धान्त र विश्वास भएको बताउनुभयो ।

विश्वासका लागि पूर्वानुमानितता चाहिने र जसले सुरक्षा र स्थिरता ल्याउने बताउनुभयो । पुयानाले चीनको ग्लोवल गभर्नेन्स इनिसिएटिभलाई प्राथमिकता दिँदै सार्वभौमिकता र गैर–हस्तक्षेप, संवादको महत्व (टकरावको सट्टा), सबै राष्ट्रहरूको समावेशिता, संयुक्त राष्ट्रका सदस्यहरूबीच समानता र न्याय चीनले अपनाइरहेको बताउनुभयो । आर्थिक लचिलोपनदेखि बहुपक्षीय सहभागितासम्म, पर्यवेक्षकहरूका अनुसार चीनको स्थिरता र सहयोगमा जोडले विश्व व्यवस्थाको भविष्यबारे छलफललाई आकार दिइरहेको छ । यसले अस्थिर विश्वमा स्थिरता र निश्चितताको महत्वपूर्ण स्रोतको रूपमा चीनको भुमिकालाई उजागर गर्छ ।

Leave a Reply