नेपाल र भारतबीचकाे सम्बन्धको मूल्यमा कसैसँग कुनै सम्बन्ध हुँदैन : डा. रिजाल | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

नेपाल र भारतबीचकाे सम्बन्धको मूल्यमा कसैसँग कुनै सम्बन्ध हुँदैन : डा. रिजाल

काठमाडाैं । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले भारतमाथि हुने आतंकवादी आक्रमण नेपालका लागि सैह्य नहुने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपाल कुनैपनि देशमाथि हुने आतंकवादी आक्रमणको विपक्षमा रहने बताउनुभयो ।

उहाँले नेपालको भूमि आतंकवादी गतिविधिका लागि कहिल्यै पनि प्रयोग गर्न नदिइने स्पष्ट पार्नुभयो । उहाँले नेपालले छिमेकी देश चीनसँग पनि एक चीन नीतिमा स्पष्ट रहेको बताउनुभयो । उहाँले नेपालका केही सरकारले एक चीन नीतिबाट एक चीन सिद्धान्तकै रुपमा अघि बढाएको बताउनुभयो ।

नेता रिजालले नेपालको हित चाहने कुनैपनि नेपालले भारतसँगको सम्बन्धमा कुनैपनि सानो दरार आउने गरी कुनै सम्बन्ध राख्न नसक्ने जिकिर गर्नुभयो । नेपाल र भारतको सम्बन्धको मूल्यमा कसैसँग पनि केही सम्बन्ध नहुने बताउनुभयो ।

Leave a Reply