आपसी सम्बन्ध सुधार गर्नुपर्नेमा चीन र युरोपेली आयोग दुवैको जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

आपसी सम्बन्ध सुधार गर्नुपर्नेमा चीन र युरोपेली आयोग दुवैको जोड

एजेन्सी, २२ मंसिर । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेयर लेयेनले युरोपेली युनियन (इयु) र चीनबीचको ‘असन्तुलन र मतभेदहरू’ लाई सम्बोधन गर्नुपर्नेमा जोड दिनु भएको छ । बेइजिङमा इयु र चीनबीच भएको उच्चस्तरीय शिखर सम्मेलनमा युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेयर लेयेनले चीन इयुको सबैभन्दा महत्त्वपूर्ण साझेदार भएको उल्लेख गर्दै दुवै पक्षबीचको स्पष्ट असन्तुलन र मतभेदलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएको संचार माध्यमहरुले जनाएका छन् ।

चार वर्षभन्दा लामो समयपछि इयुका नेता र बेइजिङका शीर्ष नेताहरूबीच भएको पहिलो व्यक्तिगत शिखर सम्मेलनले जलवायु परिवर्तन र स्वास्थ्य जस्ता साझा चासोका क्षेत्रमा छलफल गर्ने अवसर प्रदान गर्ने इयुले बताएको छ । युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिसेलले चीनसँग स्थिर र पारस्परिकरूपमा लाभदायक सम्बन्ध खोजिरहेको उल्लेख गर्नुभयो ।

इयु चीनसँग पारदर्शिता, पूर्वानुमानयोग्य र पारस्परिक सिद्धान्तहरूको आधारमा सम्बन्ध स्थापित गर्नु पर्ने सिमेलको भनाइ छ । चिनका राष्ट्रपति सी जिनफिङले प्रारम्भिक टिप्पणीमा भोन डेयर लेयेन र मिसेलसँग चीन र इयुले विश्वव्यापी चुनौतीहरूको सामना गर्न मिलेर काम गर्नुपर्ने भनेको अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् । विश्वव्यापी चुनौतीहरूको संयुक्तरूपमा जवाफ दिनुपर्नै भन्दै राष्ट्रपति सीले विश्व स्थिरता र समृद्धिको प्रवर्द्धनका लागि मिलेर काम तयार रहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);