काठमाडौ।
नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले मुलुकको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनलाई थप एकतावद्ध बनाउँदै अग्रगामी पार्टीमा लैजान आफूहरुलाइ सहयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ ।
सोमवार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई थपअग्रगामी पथमा लैजानुपर्ने आवश्यकता रहेको समेत बताउनु भयो । उहाँले पार्टीलाई थप व्यवस्थित बनाउँदै अगाडि बढ्नको लागि आफूहरुलाई सहयोग गर्न समेत प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । उहाँले संस्थापन पक्षबाट महासचिव पदमा उम्मेदवारी दिनुभएको छ ।





