कम्युनिष्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी/विदेशी प्रतिक्रियावादीहरु निकै ठूलो डिजाइनमा लागेका छन्ः दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

कम्युनिष्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी/विदेशी प्रतिक्रियावादीहरु निकै ठूलो डिजाइनमा लागेका छन्ः दाहाल

काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशी प्रतिक्रियावादीहरु ठूलो डिजाइन अन्तर्गत लागि परेको बताउनुभएको छ ।
२६ औं निर्मल लामा स्मृति दिवसको अवसर पारेर आईतवार काठमाडौंमा आयोजित  एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । संयोजक दाहालले सो तथ्यलाई स्वीकार गरेर अघि बढने आँट नेपालको कम्युनिष्ट आन्दोलनले नगरे श्रमजीवि जनताप्रति ठूलो घात गरेको ठहर्ने पनि बताउनु भयो ।

उहाँले नेपालका कम्युनिष्ट पार्टीहरुले आफै भित्र पहिला  समिक्षा गरेर सच्याउने र सिगै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर फेरी नयाँ ढंगले आन्दोलनमा जानुको विकल्प नरहेको दाबी समेत गर्नुभयो । संयोजक दाहालले नेपाली जनताले सबै कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध भएर अघि बढेको हेर्न चाहेको पनि बताउनु भयो ।

Leave a Reply

ताजा समाचार