बालेन्द्र साह लगायतका लागि देशी, विदेशी शक्तिहरुले ठूलो लगानी गरेका छन्ः पुष्पकमल दाहाल | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार

बालेन्द्र साह लगायतका लागि देशी, विदेशी शक्तिहरुले ठूलो लगानी गरेका छन्ः पुष्पकमल दाहाल

काठमाडौं । 

नेपाली कम्युनिष्ट कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहलाई अघि बढाउन वाह्य शक्तिहरुले ठूलो लगानी गरिरहेको आरोप लगाउनुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टीमा चुरे भावर पार्टी समायोजन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । संयोजक दाहालले विचार, सिद्धान्त, त्याग, तपस्या र बलिदानको आधारमा अघि बढने भन्दा स्टन्टको भरमा लोकप्रिय हुनेहअरुलाई देशी, विदेशी शक्तिहरुले ठूलो लगानी गरिरहेको जिकिर गर्नुभयो ।

उहाँले मुलुकमा राष्ट्रिय तागतको निर्माण गरी देश र जनताको पक्षमा काम गर्न आफूले कम्युनिष्ट र बामपन्थी शक्तिहरुबीचको एकता अभियानलाई तिब्रता दिनुपरेको समेत बताउनु भयो । संयोजक दाहालले कम्युनिष्ट, देशभक्त शक्तिहरुको एकता प्रक्रियाले मात्रै मुलुकलाई संकटबाट जोगाउने भएकाले सम्बन्धित सबै पक्षले आफूहरुको पार्टी एकता प्रक्रियामा समाहित भएर अघि बढ्नु जरुरी रहेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार