स्वरसम्राट नारायणगोपालको ३५औँ स्मृति दिवस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

स्वरसम्राट नारायणगोपालको ३५औँ स्मृति दिवस

काठमाडाैं । आज स्वरसम्राट नारायणगोपालको ३५ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइदै छ । नारायणगोपाल गुरुवाचार्यलाई नेपाली संगीतका निर्विकल्प महान् गायकका रूपमा सम्मान गरिन्छ ।

काठमाडौंको किलागलमा १९९६ असोज १८ गते जन्मिएका नारायणगोपालले २० को दशकको उत्तरार्धतिर रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वरपरीक्षा पास गर्नुभएको थियो । ३० वर्षको गायनयात्रामा उहाँले एक सय ३७ गीत गाएको संगीतका अध्येताहरु बताउँछन्।

साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उहाँले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गर्नुभएको थियो । दार्जिलिङबाट आएका गोपाल योञ्जन, धनकुटाका नगेन्द्र थापा र नारायणगोपालको समूह अझै पनि अतुलनीय मानिन्छ । रत्नसमशेर थापाको गीत, गाेपाल योञ्जनको संगीतमा नारायणगोपालले थुप्रै गीत गाएका छन् जुन अहिले पनि जनजिब्रमा छन् ।

‘स्वर्गकी रानी मायाकी खानी’, ‘ए कान्छा ठट्टैमा यो बैस जान लाग्यो’, ‘श्रद्धाको फूल चढाइदिनु’ ‘चिनारी हाम्रो धेरै पुरानो’, ‘जीवनदेखि धेरै नै थाकेर म मुर्दा भएको’ ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘दुईटा फूल देउरालीमा’, आजै र राति के देखेँ सपना’, ‘पर्खी बसेँ आउला भनी’, ‘एउटा मान्छेको मायाले कति’,​ ‘पोखिएर घामको झुल्का’ र ‘तिमीले भनेका
सारा देव छोएर’ लगायत नारायण गोपालका गीत लोकप्रिय हुन् ।

कुशल सगीतकारसमेत रहेका नारायणगोपालको संगीतमा भक्तराज आचार्य, फत्तेमान र अरुणा लामालगायतले गाएका छन् ।

नारायण गोपालको संगीतमा लोचन भट्टराई र रामकृष्ण ढकालले समेत गाएका छन् । गोरखा दक्षिण बाहु, चौथो,
इन्द्रराज्यलक्ष्मी प्रज्ञा, छिन्नलता, जगदम्बाश्रीलागायत प्रतिष्ठित पुरस्कार पाएका नारायण गोपालको निधन २०४७ मंसिर १९ गते भएको हो । उहाँलाई २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट तेस्रो प्रदान गरिएकाे थियाे ।

Leave a Reply

ताजा समाचार