फागुन २१ गते हुने निर्वाचनमा सेना परिचालन गर्न सिफारिस | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

फागुन २१ गते हुने निर्वाचनमा सेना परिचालन गर्न सिफारिस

काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा परिषद्ले सैनिक परिचालनको सिफारिस गरेको छ ।

राष्ट्रिय सुरक्षा परिषद्को बैठकले नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेनाको परिचालन गर्न नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय सुरक्षा परिषद्को बैठकले राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन आर्थिक बर्ष ०८१/८२) को मस्यौदा आवश्यक संशोधनसहित स्वीकृत पनि गरेको छ । बैठकले नेपालको संविधानको भाग २८ को धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष उक्त मस्यौदा पेश गर्ने निर्णय गरेको हो ।

Leave a Reply