राष्ट्रकवि घिमिरे नेपाली सेनाको मानार्थ सहायक रथी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

राष्ट्रकवि घिमिरे नेपाली सेनाको मानार्थ सहायक रथी

madhavprasad

काठमाडौं, २६ माघ । सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी दर्जा प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रकवि घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी दर्जा प्रदान गर्ने निर्णय गरेको हो ।

राष्ट्रकवि घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी दर्जा प्रदान गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । बैठकले बुढिगण्डकी जलविद्युत आयोजनालाई अघि बढाउन उर्जा मन्त्रालयले तयार पारेको कार्ययोजना पनि स्विकृत गरेको छ ।

त्यसै गरी औद्योगिक भौतिक सम्पत्ति सम्बन्धि कानुन संशोधन र एकीकरण गर्न विधेयक तर्जुमा गर्ने सैद्धान्तिक सहमति पनि दिइएको छ ।

तपस्वी रामलाल बम्जनले ज्ञान प्राप्त गरेको बारास्थित हलखोरियालाई धार्मिक वनको रुपमा विकास गर्ने निर्णय पनि गरिएको सरकारका प्रवक्ता बस्नेतले बताए ।

सरकारले नेपाल र कतार सरकारबीच कुटनीतिक, सरकारी र विशेष राहदानी भएकाहरुलाई प्रवेशआज्ञा छुट दिने निर्णय पनि गरेको छ । त्यसैगरी विभिन्न परियोजना संचालनका लागि वन क्षेत्र उपलब्ध गराउने स्विकृति पनि सरकारले प्रदान गरेको छ ।