काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले कम्युनिस्ट पार्टीहरूलाई विभाजित गर्ने काम मुख्य नेतृत्वहरूले गरेको आरोप लगाएका छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित नाै पार्टीसँग एकता प्रक्रियामा असहमति राख्दै आएका नेता भुसालले पत्रकार सम्मेलन गर्दै पार्टीको बहुमतले निर्णय गरेको भए पनि आफ्नो विमति रहेको बताए ।
उनले भने, ‘पार्टीको बहुमतले निर्णय गरेको भए पनि हामीले कुनै पदको बार्गेनिङ गरेर असहमति राखेका होइनौँ । यो एकता प्रक्रियाको शुरुदेखि नै हामीले केही प्रश्नहरू उठाउँदै आएका छौँ ।’
पाटीहरूमा नेतृत्व परिवर्तन गर्नुपर्ने उनकाे भनाइ छ ।





