अलग भए प्रचण्ड र जनार्दन शर्मा,जनार्दनले घोषणा गरे ‘प्रगतिशील अभियान नेपाल’ | ईमाउण्टेन समाचार

Our Network

भदौ ८ २०८३, मंगलबार

अलग भए प्रचण्ड र जनार्दन शर्मा,जनार्दनले घोषणा गरे ‘प्रगतिशील अभियान नेपाल’

काठमाडौं ।
नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले उक्त नामक अभियान घोषणा गरेका हुन् ।
शर्माले जेनजी आन्दोलनले उठाएको माग र भावना विपरीत भएकाले आफूहरू एकता प्रक्रियामा सहभागी हुन नसकेको बताएका छन्।

नेकपा एससहित साना दलसँगको एकता प्रक्रियाप्रति असहमति जनाउँदै पार्टी छाडेर हिँडेका शर्माले पत्रकार सम्मेलन गरेर एकताको नाममा घृणा फैलाउने काम भइरहेको आरोप लगाए।उनले नयाँ राजनीतिक अवधारणासहित प्रगतिशील अभियान, नेपाल नामक राजनीतिक अभियानको घोषणा गरे। उनले भने, ‘हाम्रो कमजोरीलाई स्वीकार गर्दै नयाँ अभियानका साथ हामी अघि बढ्छौँ।’

 

 

Leave a Reply

ताजा समाचार