काठमाडाैं, ११ फागुन । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वगृहमन्त्री जनार्दन शर्माले नयाँ सरकारले मुलुकमा आर्थिक समृद्धिको अभियान संचालन गर्ने दावी गरेका छन् । नेता शर्माले मुलुकको समग्र हितका लागि एमालेसँग पार्टी एकता गर्ने निर्णय लिइएको स्पष्ट पारे ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठनको तेस्रो केन्द्रिय परिषद बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको समग्र क्षेत्रको हितमा केन्द्रित हुने गरी आफ्नो योग्यता र क्षमताको प्रर्दशन गर्न पनि निजामती कर्मचारीलाई सचेत गराए । नेता शर्माले नयाँ सरकारले आवश्यक्ता र औचित्यको आधारमा कर्मचारीहरुको पुनर्संरचना गर्ने आश्वासन पनि दिए ।




