काठमाडौं ।
प्रहरीले डा. निकोलस भुसाललाई पक्राउ गरेको छ । मंगलबार कात्तिक १८ दिउँसो भुसाललाई गोरखाको गोरखा नगरपालिका–८, रानीवनस्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको हो ।
सामाजिक सञ्जालमार्फत अमर्यादित र अभद्र अभिव्यक्ति दिएको आरोपमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनएको छ ।





