नेतृत्व हस्तान्तरणको उपयुक्त समय ! | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

नेतृत्व हस्तान्तरणको उपयुक्त समय !

नेपाली राजनीतिक इतिहासमा पहिलो पटक नेतृत्व हस्तान्तरण अनिवार्य बिन्दुमा पुगेको छ । दशकौँदेखि सत्ता र शक्ति आफ्नो हातमा लिएर बसेका नेताहरुले नेतृत्व छोड्न नचाहँदा राजनीतिक दलहरुप्रति जनताको विश्वास घटिरहेको छ । दल बाहिरमात्र होइन स्वयं तिनै दलका समकालीन नेतादेखि कार्यकर्ता तहसम्म नेतृत्व हस्तान्तरणको सवालले राजनीतिक सरगर्मी बढाएको छ । जुन कुरा दलका पछिल्ला केन्द्रीय बैठकहरुमा समेत प्रष्ट देखिन थालेका छन् ।

नेपाली राजनीतिक इतिहासमा पहिलो पटक नेतृत्व हस्तान्तरण अनिवार्य बिन्दुमा पुगेको छ । दशकौँदेखि सत्ता र शक्ति आफ्नो हातमा लिएर बसेका नेताहरुले नेतृत्व छोड्न नचाहँदा राजनीतिक दलहरुप्रति जनताको विश्वास घटिरहेको छ । दल बाहिरमात्र होइन स्वयं तिनै दलका समकालीन नेतादेखि कार्यकर्ता तहसम्म नेतृत्व हस्तान्तरणको सवालले राजनीतिक सरगर्मी बढाएको छ । जुन कुरा दलका पछिल्ला केन्द्रीय बैठकहरुमा समेत प्रष्ट देखिन थालेका छन् ।

नेपाली राजनीति दशकौँदेखि केही निश्चित अनुहारको वरिपरि घुमिरहेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रजस्ता प्रमुख दलहरूको नेतृत्व गम्भीर रूपले परिवर्तन भएको देखिँदैन । यिनै पुराना अनुहारहरूले निरन्तर सत्ता र शक्तिमा आफ्नो पकड जमाइरहेका छन् । यिनको नेतृत्वमा रहेका नेताहरूमाथि भ्रष्टाचार, पदलोलुपता र असक्षम व्यवस्थापनका गम्भीर आरोपहरू पनि लागिरहेका छन् । जनमानसमा तीव्र असन्तुष्टि छ, तर तिनीहरू शक्ति र नेतृत्वबाट टसमस हुन चाहँदैनन् ।

देशको राजनीतिक नेतृत्वमा पुस्तान्तरण आवश्यक भइसकेको अवस्थामा पनि ती नेताहरू नयाँ, सक्षम, इमानदार र राष्ट्रभक्त नेताहरूलाई अघि बढ्न नदिने रणनीति अपनाइरहेका छन् । नेतृत्वका लागि अनुभव पुगेको छैन, अहिले समय आएको छैन भन्नेजस्ता बहाना बनाएर नयाँ नेताहरूलाई रोक्ने क्रम सबै दलहरुमा जारी छ । यस्तो अवस्थाले देशको राजनीतिक गतिशीलतालाई कुन्ठित मात्र बनाएको छैन, जनतामा निराशा पनि थपिएको छ ।

पछिल्लो समय भएको ‘जेनजी आन्दोलन’ जस्तो युवामुखी राजनीतिक सचेतनाका कारण केही हलचल देखिएको छ । युवा पुस्ताको तीव्र चासो र परिवर्तनको चाहनाले पूराना नेताहरूमा केही दबाब त सिर्जना गरेको देखिन्छ, तर त्यो अझै पर्याप्त छैन । नेताहरूले युवाहरूको भावना अपहरण गरेर पुनः आफ्नो अस्तित्व बचाउने खेलमा लागिरहेका छन् ।

आजको प्रविधिमैत्री, छिटो निर्णय र पारदर्शितामा आधारित विश्व अवधारणामा पूराना नेताहरूको सोच, शैली र कार्यशैली उपयुक्त हुन सकेको छैन । सामाजिक सञ्जालले सूचना प्रवाहमा ल्याएको पारदर्शिता र जवाफदेहिताको अपेक्षा उनीहरू पुरा गर्न असमर्थ छन् । यसकारण उनीहरूको निरन्तरता अब देशको विकासका लागि अवरोध बन्न पुगेको छ भन्ने धारणा आमसर्वसाधारणमा बन्दै गएको छ ।

तर, यसैबीच नेपाली कांग्रेसभित्र भने केही सकारात्मक संकेत देखिन थालेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेर आफू पछाडि हट्ने संकेत दिएका छन् । यद्यपि उनले प्रष्ट रूपमा स्थायी रूपमा पद त्यागेको घोषणा गरेका छैनन्, तर यसलाई नेतृत्व हस्तान्तरणको सुरुआती प्रयासका रूपमा लिन सकिन्छ । राजनीतिक वैमनस्य, युवा पलायन तथा विकास निर्माणमा अवरुद्ध हुने खतरा रोक्नका लागि पनि पुराना नेताहरुले युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज टट्कारो रुपमा उठ्ने गरेको छ ।

देउवाले यो कदम राजनीतिक नाटकका रूपमा उठाएका हुन् या आफू अनुकूलका अर्को व्यक्तिलाई अघि सारेर पुनः परोक्ष रूपमा नेतृत्व नियन्त्रण गर्ने रणनीतिमा लागेका त होइनन् भन्ने शंकासहितको प्रश्न उठ्नु स्वाभाविक हो, तर नेतृत्व हस्तान्तरणतर्फ लिएको यो सुरुआतलाई राजनीतिक वृत्तमा सकारात्मक रुपमा लिइएको छ ।

अन्य राजनीतिक दलहरूले पनि नेपाली कांग्रेसबाट सिक्न सक्ने अवसर यही हुन सक्छ । एमाले, माओवादी र अन्य दलहरूमा समेत पुराना अनुहारहरूको हालीमुहाली कायमै छ । केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्डजस्ता नेताहरू अझै नेतृत्वबाट नहट्ने संकेत दिइरहेका छन् । यसले राजनीतिक द्वन्द्वलाई दीर्घकालीन बनाइरहेको छ र पार्टीभित्रको लोकतन्त्र समाप्त पारिरहेको छ ।

नेतृत्वमा नयाँ पुस्ता आउनु भनेको केवल उमेरको कुरा होइन, सोच र दृष्टिकोणको पनि कुरा हो । राष्ट्रको हितलाई प्राथमिकतामा राख्ने, नवीन दृष्टिकोण र योजना बनाउन सक्ने र जवाफदेही भएर काम गर्न सक्ने युवा नेतृत्व आजको आवश्यकता रहेको स्वयं ति दलका नेताकार्यकर्ताले महसुस गरेका छन् ।

Leave a Reply