काठमाडौं ।
आज पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।एकैदिन ८ हजार १०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । सोमबार प्रतितोला ३ हजार २२० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ३२५ रुपैयाँ पुगेको छ ।




