जेन जीकाे आक्रोश आगोमा परिणत हुँदा देश ध्वस्त भयो : अष्टलक्ष्मी शाक्य | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८२, मंगलबार

जेन जीकाे आक्रोश आगोमा परिणत हुँदा देश ध्वस्त भयो : अष्टलक्ष्मी शाक्य

काठमाडाैं । नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जेन जी आन्दोलनको आक्रोशको ज्वाला आगोमा परिणत हुँदा देश ध्वस्त भएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले देश नै रोइरहेको भन्दै अब शोकलाई शक्तिमा परिणत गर्नुपर्ने बताउनुभयो । नयाँ युवा पुस्ताका मागहरु भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गर्ने त्यो माग नाजायज नभएको बताउनुभयो । सरकारले पनि क्रमशः भ्रष्टाचारमुक्त नेपाल बनाउने भनेर योजनावद्ध ढंगले लागेको जिकिर गर्नुभयो । आन्दोलनको मागलाई अबको दिनमा सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

जेन जी पुस्तालाई कस्तो दृष्टिकोणले हेर्ने भन्नेमा सबै राजनीतिक दलहरु स्पष्ट हुन जरुरी रहेको बताउनुभयो । जेन जी पुस्ताले देशमा केही गर्नुपर्छ भन्ने भावना राखेर आन्दोलन अघि बढाएपनि धमिलो पानीमा माछा मार्ने काम भएको बताउनुभयो । नेकपा एमालेलाई पुनःगठन गर्दै नयाँ ढंगबाट लोकतान्त्रिक व्यवहारका साथ अघि बढ्नुपर्ने बताउनुभयो । शोकलाई अब शक्तिमा बदलेर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

उहाँले नेपाली जनताको एकतालाई अझ बलियो बनएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । समयमै निर्वाचन हुनुपर्ने बताउनुभयो । राम्रा कामहरुको आत्मसाथ गर्दै कमी कमजोरी सच्याएर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

उपाध्यक्ष शाक्यले अफ्ठ्यारो परिस्थितिमा पनि मनोबल कमजोर बनाउन नहुने बताउनुभयो । मनोबल दह्रो बनाएर अघि बढ्दै देश विकासमा लाग्नुपर्ने बताउनुभयो । आक्रोशको ज्वालाले देश ध्वस्त भएको बताउँदै सुरक्षा निकायहरु असुरक्षित रहेको अवस्था रहेको बताउनुभयो । एकतावद्ध भएर नयाँ ढंगबाट अघि बढ्न जरुरी रहेको जिकिर गर्नुभयो । नयाँ नेपाल आफूहरुले नै बनाउने र समृद्ध नेपाल नेपालीहरुले नै बनाउनुपर्ने बताउनुभयो । त्यसका लागि नेपालीहरुका बीचमा बलियो एकताको आवश्यकता जरुरी रहेको बताउनुभयो ।

Leave a Reply