एलआइसी नेपालको पेन्सन बिमा योजना | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

एलआइसी नेपालको पेन्सन बिमा योजना

lic

काठमाडौं,२४ माघ । एलआइसी नेपालले पेन्सन बिमा योजना ‘जीवन अक्षय–१’ ल्याएको छ । ‘पेन्सन अब नो टेन्सन’ भन्दै कम्पनीले ४० वर्षदेखि ७० वर्ष उमेर समूहका व्यक्तिलाई लक्षित गरेर पेन्सन योजना ल्याएको जनाएको छ ।

सोमबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले नयाँ जीवन बिमा योजना सार्वजनिक गरेका हुन् ।यस योजना अन्तर्गत बिमितलाई आजीवन र मृत्युपछि पति वा पत्नीलाई ५० प्रतिशत पेन्सन उपलब्ध गराउने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि जीवन तरंग नामको पेन्सन बिमा योजना ल्याएको जारी विज्ञप्तिमा उल्लेख छ ।

सो योजना अन्तर्गत कम्पनीले बीमा योजना परिपक्व भएपछि पाँच प्रतिशत रकम वार्षिक रुपमा पेन्सनस्वरुप भुक्तानी दिने गरेको छ । जीवन अक्षय–१ मा भने बिमितहरुलाई वर्तमान ब्याजदर अनुसार ११.७७ प्रतिशत र भविष्यमा पनि सोही अवधिको ब्याजदर अनुसार पेन्सन दिइने कम्पनीले जनाएको छ ।आजको नागरिक दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);