आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच सम्झौता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच सम्झौता

ime life insurance

काठमाडौं, २४ माघ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक नेपाल लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा इन्स्योरेन्स कम्पनीका निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनताका प्रमुख कार्यकारी अधिकृत परशुराम कुवर क्षेत्रीले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

सो सम्झौतापछि सर्वसाधारण र बैंकका ग्राहकले जनता बैंक नेपालको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बिमालेख किन्न सक्नेछन् । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ४२ स्थानबाट सेवा दिइरहेको छ । यसले विभिन्न १० वटा बिमा योजना ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजीवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण लगायत बिमा योजना ल्याएको जनाएको छ ।आजको नागरिक दैनिकमा खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);