काठमाडाैं । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिनाले गाउँमा रहेको बाँझो खेतबारीलाई कसरी उर्बर गराउने भन्ने ठोस नीति सरकारले ल्याउनुपर्ने बताउनुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले समस्या औँल्याउने मात्रै नभइ समाधानको उपाय खोज्न पनि विज्ञहरुलाई आग्रह गर्नुभएको हो ।
गाँउघरमा खेतबारी बाँझो छ, विद्यालयमा विद्यार्थी छैनन् भन्ने समस्या सबैलाई थाहा रहेको तर त्यसको समाधान कसरी गर्ने भन्ने सुझाव दिन विज्ञहरुसंँग आग्रह गर्नुभएको हो । तीन वटै सरकारले समस्या समाधान गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले हाल गाउँमा विकास भएपनि त्यसको उपभोग गर्ने मान्छे नभएको बताउनुभयो । गाउँमा विकास पुगेपनि मान्छेहरु भने शहर केन्द्रित भएको उहाँको भनाइ छ । सरकारले गाउँमै फर्काउने र सुविधाको उपयोग गर्ने वातावरण मिलाउनुपर्नेमा जोड दिनुभयो ।
पूर्वअध्यक्ष तिमिल्सिनाले गाउँमा प्रशस्त विकास भइरहेकाे दाबी गर्नुभयाे ।





