सुरक्षा निकायप्रति जनताकाे विश्वास गुम्दै जानु दु:खद् : सांसद अधिकारी | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८३, शुक्रबार

सुरक्षा निकायप्रति जनताकाे विश्वास गुम्दै जानु दु:खद् : सांसद अधिकारी

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले देशमा सुशासन बिग्रिएको बताउनुभएको छ । बुधबार राज्य व्यवस्था समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद अधिकारीले जनतामा विश्वास डग्मगाएको बताउनुभयो । भातको गाँस खाँदा पनि सुरक्षा निकायको आवश्यकता महशुस गरिएको ठाउँमा सुरक्षाका निकायप्रति जनताले विश्वास गुमाउँदै जाने परिस्थिति निर्माण हुनु दुःखद् भएको उहाँकाे भनाइ छ । उहाँले संघीयताको आधारमा देश नचल्ने हो भने अहिलेका विकृति नहट्ने बताउनुभयो ।

सांसद अधिकारीले कानूनको अभावले प्रहरी निकाय नै चेपुवामा परेको बताउनुभयो । उहाँले जनतामा विश्वास पैदा गराउनु आवश्यक रहेको बताउनुभयो ।

Leave a Reply