काठमाडाैं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार सन्तुलित रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्तुत पेश गर्दै उहाँले बजेट सन्तुलित रहेकाे दाबी गर्नुभएकाे हाे ।
अर्थमन्त्री पाैडेलले पुँजीगत खर्च चालु आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि गरिएको बताउनुभयो । अन्तरसरकारी वित्त हस्तान्तरणमा आयोगले निर्धारण गरेको वित्त आयोगबाट निर्धारण गरिएको सीमा भन्दा करिब ४ अर्बले वृद्धि गरिएको जानकारी दिनुभयो । आम्दानीको मुख्य स्राेत राजश्वले समग्र खर्चको करिब ६७ प्रतिशत धान्ने गरेर बजेट प्रस्ताव गरिएको उहाँकाे भनाइ छ ।
बजेटको आकारको सन्दर्भमा सन्तुलित हुने अठोट प्रस्तुत बजेटमा व्यक्त भएकाे दाबी गर्दै अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘पुँजीगत खर्च चालु आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि गरिएको छ । अन्तरसरकारी वित्त हस्तान्तरणमा आयोगले निर्धारण गरेको वित्त आयोगबाट निर्धारण गरिएको सीमा भन्दा करिब ४ अर्बले वृद्धि गरिएको छ ।’
अर्थमन्त्री पौडेलले आम्दानीतर्फ राजश्व अनुमान संशोधित लक्ष्यको तुलनामा १६ प्रतिशतले वृद्धि प्रस्ताव गरिएको बताउनुभयो ।




