प्राप्त अधिकारहरु गुम्नसक्ने खतरा छ, सचेत बनाैँ : उपप्रधानमन्त्री सिंह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार

प्राप्त अधिकारहरु गुम्नसक्ने खतरा छ, सचेत बनाैँ : उपप्रधानमन्त्री सिंह

काठमाडाैं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारहरु गुम्नसक्ने खतरा कायम रहेको बताउनुभएको छ । उहाँले लामो संघर्षपछि ०४६ सालको जनआन्दोलनबाट अहिलेका अधिकारहरु पाएको बताउँदै पुनःबहाली भएको अधिकार सुरक्षित गर्न जरुरी रहेको बताउनुभएकाे हाे ।

प्राप्त अधिकार सुरक्षित राख्ने की नराख्ने भन्ने सवाल अहिलेको मुख्य विषय भएको उहाँकाे भनाइ छ । उहाँले प्राप्त अधिकारभन्दा पनि अरु बढी अधिकार खोज्दा यी उपलब्धीहरु पनि गुम्ने खतरा रहेकोमा सचेत हुनुपर्ने बताउनुभयाे । उहाँले प्राप्त अधिकारको रक्षा गर्न जिम्मेवारीपूर्वक अघि बढ्नु पर्नेमा जाेड दिनुभया ।

लोकतान्त्रिक प्रणालीसँगै विभिन्न जनजाति, भाषाभाषीहरुको त्यसको पहिचान वर्तमान व्यवस्थाले दिने भन्दै उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘यो जुन व्यवस्था छ त्यस व्यवस्थाको विशेषता हामी कसैले पनि कसैको आदेशमा आएर बिर्सिनु हुँदैन ।’ उहाँले भन्नुभयाे, ‘हामी सबैले के बुझ्नुपर्छ भने प्राप्त अधिकार सुरक्षित राख्ने की नराख्ने सवाल त्यो छ । प्राप्त अधिकारभन्दा पनि अरु बढी अधिकार खोज्दा यी उपलब्धीहरु पनि गुम्ने हुन् की त्यसमा कसैले केही भन्नसक्छ र ?’ प्राप्त अधिकारको महत्वलाई बुझेर अधिकारको कुरा मात्रै नगरी जिम्मेबारीको कुरा पनि गर्नुपर्छ ।

उपप्रधानमन्त्री सिंहले अधिकारको कुरा मात्रै नगरी जिम्मेबारीवोध गर्नु पर्नेमा जाेड दिनुभयाे ।

Leave a Reply

ताजा समाचार