चाडपर्वलाई लक्षित गर्दै राजमार्गका होटलमा रात्रिकालीन छड्के : एक रिसोर्टलाई २० हजार जरीमाना | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

चाडपर्वलाई लक्षित गर्दै राजमार्गका होटलमा रात्रिकालीन छड्के : एक रिसोर्टलाई २० हजार जरीमाना

२०८१,०६,१७
पृथ्वी राजमार्गमा बढिरहेको गाडीको चाप र चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा हिजो पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका – ३ मा सञ्चालित पिस हेभन रेष्टुरेन्ट एण्ड रिसोर्टलाई २० हजार रुपैयाँ जरीमाना गरिएको छ ।प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको नेतृत्वमा गएको अनुगमन टोलीले खानेकुरा खुला छाडेकाले झिँगा भन्किएको फेला पारेपछि उपभोक्ता संरक्षण ऐन बमोजिम जरीमाना तिराएको हो ।

पुनः यस्तो भेटिएमा कानुनबमोजिम हदैसम्मको कारबाही गरिनेसमेत अनुगमन टोलीले चेतावनी दिएको छ ।अनुगमनका क्रममा व्यवसायीहरूलाई सचेत गराइएको र कार्यविधिअनुसार बिक्री गर्न निर्देशन दिइएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला अनुगमन समितिका संयोजक युवराज अर्यालले जानकारी दिए।चाडपर्वको बेला जिल्लाका विभिन्न ठाउँमा अखाद्य वस्तुको बिक्री भएको, तोकिएको मूल्यभन्दा बढी रकम लिएको र सरसफाइमा ध्यान नदिएको भन्ने गुनासो आएपछि बजार अनुगमनलाई तीव्रता दिएको अर्यालले बर्ताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);