रोजिना थापा युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत | ईमाउण्टेन समाचार

Our Network

असोज २२ २०८१, मंगलबार

रोजिना थापा युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत

२७, आषाढ २०८१ काठमाडौं । यस वर्षको युवा पत्रकारिता पुरस्कारबाट पत्रकार रोजिना थापा पुरस्कृत भएकी छन् ।

युवा तथा खेलकुद मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी देखापढीमा कार्यरत थापालाई पुरस्कार प्रदान गरेको हो ।

सर्लाहीकी रोजिना थापा सहित सुर्खेतका ललितबहादु बुढा, जुम्लाका सागर परियार र बैतडीका विनोद सिंह बिष्ट गरी चार जना पत्रकारले यस वर्षको युवा पत्रकारिता पुरस्कार पाएका हुन् । उनीहरू सबैजनाले ५० हजार नगद सहिद प्रमाणपत्र प्राप्त गरेका छन् ।

पुरस्कार समारोहमा बोल्दै पत्रकार थापाले कर्म गर्दै जाँदा युवा उद्यमको क्षेत्रमा सहयोग पनि भएको र पुरस्कारले थप काम गर्ने हौसला पनि मिलेको बताएकी छिन् ।

66b208f2-a448-4925-b559-b26de69602e6.jpg

१५ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेकी थापाले पछिल्लो समय उद्यमको क्षेत्रमा देखिएका चुनौती, अवसर, सम्भावनाको बारेमा विषय उठान गर्दै सम्बन्धीत निकायलाई झझ्काउने काम गरेकी छन् । यसका साथै युवाहरूले नेपालमा नै केही गर्न सक्छन् र नेपालमा नै मिहिनेत गर्न सक्ने हो भने प्रसस्त सम्भावना पनि छ भनेर हौसला प्रदान गरेकी छन् ।

कान्तिपुर टेलिभिजनमा प्रसारणा हुने ‘मनि टक्स’ कार्यक्रममा काम गरेकी उनी अहिले देखापढी मिडियामा कार्यरत छिन् । उनले अझै पनि उद्यमकै विषयमा बुलन्द आवाज उठाइरेकी छिन् ।

उनी नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका उपाध्यक्षसमेत हुन् ।450473554_1159197008668760_1039486114308097412_n.jpg

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);