तीनै तहको निर्वाचन गरानु पहिलो प्राथमिकताः देउवा | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

तीनै तहको निर्वाचन गरानु पहिलो प्राथमिकताः देउवा

२५ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी माघ सात गते भित्र तीन वटै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

तीनै तहको निर्वाचन गरानु पहिलो प्राथमिकताः देउवा

 २५ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी माघ सात गते भित्र तीन वटै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

विहिबार नेपाल विद्यार्थी संघले कांग्रेस केन्द्रिय कार्यालय सानेपामा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन परिचालन सम्बन्धि अभिमूखिकरण’ कार्यक्रममा प्रधानमन्त्री देउवाले धेरै चुनौती रहेपनि तोकिएकै मितिमा तीनै तहको निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । नेपाली कांग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले  प्रजातन्त्रको लागि लडेको कांग्रेस सामू पुनः प्रजातन्त्रको सुदृढिकरण गर्ने जिम्मेवारी आएको बताउनुभयो ।

उहाँले असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पार्टीलाई विजयी गराउन एकतावद्ध भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकतावद्ध बनाएर स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा विजयी गराउन युवा÷विद्यार्थीहरुको मुख्य भूमिका हुने बताउनुभयो ।

उहाँले आगामी तीन वटै तहको निर्वाचनमा सफलता हासिल गर्न सिंगो पार्टीपंक्ति एकतावद्ध भएर अघि बढनुपर्ने उल्लेख गर्नुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा धेरै आकांक्षी भएकाले उम्मेदवारी चयनमा समस्या आएको समेत उल्लेख गर्नुभयो । 

Leave a Reply