काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले सोमवार नेसनल इलेक्टोरल काउन्सिल (सीएनई) मा जुलाई २८ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारको रूपमा दर्ता गर्नुभएको छ ।
आफू नाम दर्ता गर्न नभइ एउटा राष्ट्रको सपना देखाउन आएको बताउनु भयो ।
आफ्नो मन्त्रिपरिषद् र समर्थकहरूको साथमा मादुरोले आफ्ना अनुयायीहरूलाई सपना देख्न र भविष्यमा पूरा गर्न आफूलाई जिताउन आह्वान गर्नुभयो ।