१७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सहमतिमै दोस्रो चरणको स्थानीयत तहको निर्वाचनको मिति असार १४ गतेका लागि सारिएको दावी गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहालले बुधबार विहान सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा राष्ट्रिय जनता पार्टीको माग र मुस्लिम समुदायको पर्व रमजान परेकाले पनि निर्वाचनको मिति सार्नुपरेको बताउनुभयो ।
नेकपा एमालेको सहमति मै मिति सारिएको भन्दै प्रधानमन्त्री दाहाललेराष्ट्रिय जनता पार्टी नेपाल पनि दोस्रो चरणको निर्वाचनमा सहभागी हुने बताउनुभएको माओवादी नेता रामनारायण विडारीले जानकारी दिनुभयो ।




