यी हुन् नयाँ मन्त्रीहरु | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८२, बुधवार

यी हुन् नयाँ मन्त्रीहरु

काठमाडौं,२४ फागुन । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ मन्त्रिपरिषद गठन गर्नुभएको हो । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यविभाजन सहित नयाँ मन्त्रिपरिषद गठन गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमा नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, ऊर्जामा शक्तिबहादुर बस्नेत, अर्थमा वर्षमान पुन मन्त्री हुनु भएको छ । हितबहादुर तामाङलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नेकपा (एमाले) बाट उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्रि रघुवीर महासेठको नेतृत्वमा पदम गिरी कानून न्याय तथा संसदीय मामिला, ज्वालाकुमारी साह कृषि, दामोदर भण्डारी उद्योग, बलराम अधिकारी, भूमि व्यवस्था ,भगवती चौधरी महिला तथा बालबालिका, हरि उप्रेती रक्षा र राजेन्द्र राईले खानेपानी मन्त्रीको शपथ लिनु भएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षामा डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधिमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ मन्त्री मण्डलमा रहनु भएको छ । यसैगरी नेकपा एसबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्नु भएको छ ।

Leave a Reply