एजेन्सी,१७ माघ । इजरायली सेनाले वेस्ट बैंकको जेनिन शहरको एक अस्पतालमा छापा मार्ने क्रममा तीन प्यालेस्टिनी युवाको हत्या गरेको प्यालेस्टिनी र इजरायली स्रोतहरूले बताएका छन् ।
जेनिनका कार्यवाहक गभर्नर कमल अबु अल–रुबले नागरिक पोशाकमा इजरायली विशेष बलहरू शहरको इब्न सिना अस्पतालमा प्रवेश गरी र तीन युवाहरूको हत्या गरेका थिए ।
इजरायली सेनाका प्रवक्ता अविचाई अद्राईले सेनाले इस्लामिक प्रतिरोध आन्दोलन (हमास) को एक सशस्त्र बलहरु लुकेको ठाउँमा अभियान चलाएको बताउनु भयो ।
उनीहरु जेनिन शहरको इब्न सिना अस्पताल भित्र लुकेको बताउनु भयो ।