इजरायली हमलामा ९ प्यालेस्टिनीको मृत्यु, दर्जनौं घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

इजरायली हमलामा ९ प्यालेस्टिनीको मृत्यु, दर्जनौं घाइते

एजेन्सी, १३ माघ । वेस्ट बैंकमा इजरायली हमलामा ९ जनाको मृत्यु भएको थियो । १६ जना घाइते भएका छन् । मृत्यु हुनेमा एक वृद्धा पनि छन् । स्वास्थ्य अधिकारीहरूका अनुसार वेस्ट बैंकको जेनिन शरणार्थी शिविर नजिक इजरायली हमलापछि अवस्था निकै गम्भीर छ । घाइतेहरु लगातार अस्पतालहरुमा भर्ना भइरहेका छन् ।

रिपोर्टका अनुसार इजरायली हवाई हमलामा केही व्यक्तिको मृत्यु भएको छ भने केही व्यक्ति सैनिकहरूसँगको झडपमा मारिएका छन्। इजरायलले यस हमलाको बारेमा मात्रै भनेका छन् कि आफ्ना सेनाले यस क्षेत्रमा अपरेसन चलाइरहेका छन्।

प्यालेस्टाइनका स्वास्थ्यमन्त्रीले इजरायली हवाई हमलामा जेनिनस्थित एउटा अस्पतालको बालबालिकाको वार्डमा पनि आक्रमण भएको दाबी गरेका छन् । यससँगै घाइतेलाई बचाउन एम्बुलेन्ससमेत आक्रमण भएको ठाउँमा पुग्न नसकेको बताइएको छ ।

प्यालेस्टाइनी प्रधानमन्त्री मोहम्मद श्तायेहले आक्रमणको निन्दा गरेका छन् । उनले यस मामिलामा हस्तक्षेप गर्न र प्यालेस्टिनी जनता र बालबालिकाको हत्या रोक्न राष्ट्रसंघ र सबै मानवअधिकार संगठनहरूसँग माग गरेका छन्। अर्कोतर्फ हमासका नेता सालेह अल–अरूरीले यस आक्रमणको जवाफ दिइने बताएका छन्।

इजरायलमा गत महिना फेरि बेन्जामिन नेतान्याहुको सरकार गठन भएको छ । जसलाई इजरायलको अहिलेसम्मकै सबैभन्दा कट्टरपन्थी सरकार भनिएको छ । गठबन्धन सरकारमा संलग्न अन्य दलहरूले सेनाको सहयोगमा वेस्ट बैंक वा वेस्ट बैंकबाट प्यालेस्टिनी बस्ती हटाउन चाहन्छन्। यसले दुई देशबीचको द्वन्द्व झनै बढाएको छ । त्यसयता इजरायली आक्रमण पनि बढेको छ । जनवरी १, २०२३ देखि, यस वर्ष इजरायली हमलाहरूमा २९ जनाको मृत्यु भएको छ। जसमध्ये जेनिममा मात्र १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच बालबालिका समेत रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);