काठमाडौं, ९ माघ । नेकपा एमालेका नेता राजन भट्टराईले नयाँ सरकारले भारतसँगको सम्बन्धलाई अझ फराकिलो पार्दै लैजाने बताएका छन् । वाम गठबन्धन नेतृत्वको नयाँ सरकार बन्ने राजनीतिक कोर्षमा मुलुक प्रवेश भईरहँदा नेता भट्टराईले नयाँ सरकारले भारतसँगको सम्बन्धलाई अझ बलियो बनाउँदै लैजाने प्रतिक्रिया दिए ।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भारतसँगको सम्बन्ध थप बलियो बनाउनु नेपालको हितमा हुने तर्क गरे । नेपाल–भारत प्रवुद्ध समूहका सदस्य समेत रहेका भट्टराईले नेपालको आन्तरिक मामिलाको निर्णय गर्ने अधिकार नेपाल सरकार र नेपाली जनतामा निहित रहने स्पष्ट पारेका छन् ।
नेता भट्टराईले कुनै पनि मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नमिल्नेतर्फ पनि उनले गम्भीर ध्यानाकर्षण गराए । एमाले नेता भट्टराईले नेपाल आफ्नो निर्णय आफै गर्न सक्षम रहेको स्मरण गराए ।