एजेन्सी,१३ पुस । कतारमा पक्राउ परेका ८ भारतीय नाविकको मृत्युदण्डको सजाय रोकिएको छ । भारतीय विदेश मन्त्रालयको हस्तक्षेपपछि कतारको पुनरावेदन अदालतले सजाय घटाइएको फैसला सुनाएको हो ।
कतारका लागि भारतीय राजदूत र अन्य अधिकारीहरू उपस्थित थिए, जसले परिवारका सदस्यहरूसहित अदालतमा पुनरावेदन गरेका थिए।
कतारको दहरा ग्लोबल काण्डमा मृत्युदण्डको सजाय सुनाइएकोमा परराष्ट्र मन्त्रालयले मुद्दाको शुरुदेखि नै पूर्व सैनिक र उनीहरुका परिवारको साथमा उभिएको र सबै कन्सुलर तथा कानुनी सहयोग जारी राख्ने बताएको छ ।
हामी कतारी अधिकारीहरु संग पनि यो विषय उठाइरहने छ।