प्रधानमन्त्रीद्वारा भरतपुर महानगरपालिका वडा नं ४ लंकुमा मतदान | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

प्रधानमन्त्रीद्वारा भरतपुर महानगरपालिका वडा नं ४ लंकुमा मतदान

चितवन ,बैशाख ३१ ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा नं ४ लंकु स्थित लक्ष्मी मावि ख मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले सबैभन्दा पहिले का छन् ।

प्रधानमन्त्रीद्वारा भरतपुर महानगरपालिका वडा नं ४ लंकुमा मतदान

बैशाख ३१ ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा नं ४ लंकु स्थित लक्ष्मी मावि ख मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले सबैभन्दा पहिले बिहान ७ बजेर ८ मिनेटमा मतदान गर्नुभएको हो । लंकु मतदान केन्द्रमा प्रधानमन्त्रीले मतदान गरेपछि अन्य मतदाताहरुले मतदान सुरु गरेका छन् । प्रधानमन्त्री पत्नी सीता दाहाल भने लंकु मतदान केन्द्रमा प्रधानमन्त्रीका साथमा आउनु भएन । मतदान पछि सञ्चारकर्मीहरुसंग बोल्दै प्रधानमन्त्री दाहालले निर्वाचनमा तालमेल हुनु अस्वभाविक नरहेको भन्दै सहजरुपमा लिन अपिल गर्नुभयो ।

 

प्रधानमन्त्री दाहाल आजै बिहान साढे १० वजे काठमाडौं र्फकने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यसैबिच चितवनमा ३ लाख १३ हजार २ जना मतदाता संख्या रहेको छ । १ सय ६६ मतदान स्थल र ३ सय ७६ मतदान केन्द्र रहेको निर्वाचन कार्यालय भरतपुरले जनाएको छ । भरतपुर महानगरपालिकामा कुल १ लाख ५० हजार २ सय ७४ मतदाता रहेका छन् । जसमा ६९ हजार ४ सय ५३ जना पुरुष र ८० हजार ८ सय २१ जना महिला मतदाता रहेका छन् । अन्य ठाउंमा भन्दा भरतपुरमा ११ हजार ३ सय ६८ जना महिला मतदाता संख्या भरतपुरमा बढी छ । भरतपुरमा सबैभन्दा बढी वडा नं. ११ मा १० हजार ३४ जना र सबैभन्दा कम वडा नं. २४ मा २ हजार २ सय ५४ जना मतदाता रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);